विश्कपकालागि नेपाली टोली आज चेन्नाई जाँदै

आइतबार, माघ १८, २०८२

काठमाडौँ:मुम्बईमा दुई अभ्यास खेल सम्पन्न गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली टि–२० विश्वकपका आधिकारिक अभ्यास खेल खेल्न आज बेलुका चेन्नाईतर्फ प्रस्थान गर्दैछ।
विश्वकप तयारीको अन्तिम चरणमा रहेको नेपालले चेन्नाईस्थित एम. ए.चिदम्बरम स्टेडियममा फेब्रुअरी ३ मा युएईसँग तथा फेब्रुअरी ५ मा क्यानडासँग अभ्यास खेल खेल्ने तालिका रहेको छ।

यी अभ्यास खेललाई विश्वकपअघिको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। टोली व्यवस्थापनले अभ्यास खेलमार्फत खेल संयोजन, रणनीति तथा अन्तिम एकादशलाई धार दिन ध्यान केन्द्रित गर्ने जनाएको छ।

टि–२० विश्वकपअघि नेपाली टोलीको तयारी सन्तोषजनक रहेको र अभ्यास खेलले आत्मविश्वास थप्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  ०८:१९
प्रतिक्रिया दिनुहोस्