सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:इशान किशनको ऐतिहासिक शतकको मद्दतमा भारतले अन्तिम खेलमा न्युजील्याण्डलाई ४६ रनले पराजित गर्दै सिरिज आफ्नो पक्षमा पार्यो। शनिबार राति भएको खेलमा भारतले ५ विकेट गुमाउँदै २७१ रनको विशाल स्कोर बनायो। जवाफमा न्युजील्याण्ड २२५ रनमै सीमित रह्यो।
भारतका लागि इशान किशनले ४२ बलमा १०३ रनको विस्फोटक इनिङ खेले। सूर्यकुमार यादवले ६३ र हार्दिक पाण्ड्याले ४२ रन जोडे। बलिङतर्फ भारतका अर्शदीप सिंहले ५ विकेट लिँदै निर्णायक भूमिका खेले।
यो खेल टी–२० विश्वकपअगाडिको भारतको अन्तिम आधिकारिक खेल थियो। टोलीले ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गर्दै आत्मविश्वासका साथ तयारी पूरा गरेको छ।
न्युजील्याण्डका फिन एलेनले ८० रन बनाए पनि विशाल लक्ष्यका कारण टोली दबाबमा आयो। अन्ततः भारतले ४६ रनको स्पष्ट जीत हात पार्यो।