T10 T10

आईसीसीको एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने

शनिबार, माघ १७, २०८२
Global

काठमाण्डौ :अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन सन् २०२६ मा नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले उक्त सम्मेलन काठमाण्डौमा हुने औपचारिक जानकारी दिएको हो।

क्यानका अनुसार सम्मेलन आगामी बैशाख ३ र ४ गते काठमाण्डौमा हुनेछ। सम्मेलनमा आईसीसी एसियाका सदस्य राष्ट्रहरूका शीर्ष पदाधिकारी, प्रशासक तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ।

एसिया क्षेत्रमा क्रिकेटको समग्र विकासलाई अघि बढाउने उद्देश्यसहित आयोजना हुने यस सम्मेलनमा रणनीतिक प्राथमिकता, विकाससम्बन्धी कार्यक्रम, सुशासनका विषय तथा भविष्यका योजनाबारे गहन छलफल हुने क्यानले जनाएको छ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  ०७:३३
प्रतिक्रिया दिनुहोस्