T10 T10

नेपालद्धारा श्रीलंका ‘ए’ सामु १८६ रनको लक्ष्य पेश

मंगलबार, माघ ६, २०८२
Global

काठमाडौँ: टी–विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपालले घरेलुटोली श्रीलंका ‘ए’ सामु जितकालागि १८६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनायो । नेपालकालागि आशिफ शेखले सर्वाधिक ६१ रन बनाए । आरिफ शेखले ४२ रोहित पौडेलले ३१ तथा कुशल भुर्तेलले २५ रन बनाए । 
आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीस्वरूप नेपाली टोली हाल श्रीलंकामा अभ्यासमा जुटिरहेको छ।
 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्