सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं:श्रीलंकामा प्रशिक्षणमा व्यस्त रहेको नेपाली क्रिकेट टोलीले आज आफ्नो पहिलो अभ्यास खेल खेल्दैछ। नेपालले आज श्रीलंका ‘ए’ टोलीसँग अभ्यास खेलमा प्रतिस्पर्धा गर्नेछ।
सो अभ्यास खेल नेपाली समयअनुसार दिउँसो २ बजेर १५ मिनेटमा सुरु हुनेछ। आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीस्वरूप नेपाली टोली हाल श्रीलंकामा अभ्यासमा जुटिरहेको छ।
यस अभ्यास खेलबाट टोलीको संयोजन, ब्याटिङ तथा बलिङ रणनीति परीक्षण गर्ने अपेक्षा गरिएको छ।