T10 T10

अदालतको आदेशसँगै एन्फा निर्वाचन अनिश्चित!

फुटबल राजनीतिमा नयाँ तरंग, प्रक्रिया जहाँको तहीँ रोक्न पाटन उच्च अदालतको आदेश
आइतबार, माघ ४, २०८२
Global

काठमाडौँ:- अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी सरगर्मीमा तत्कालका लागि पूर्णविराम लागेको छ।

उच्च अदालत पाटनले आइतबार एक अप्रत्याशित अन्तरिम आदेश जारी गर्दै एन्फाको आगामी निर्वाचन र त्यससँग सम्बन्धित सम्पूर्ण प्रक्रिया रोक्न निर्देशन दिएको हो।

एन्फाका वर्तमान उपाध्यक्ष विराटजंग शाहीसहित सदस्यहरू रुपेश अधिकारी र रवीन्द्र चन्दले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस्तो कडा कदम चालेको हो। न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको एकल इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म निर्वाचन सम्बन्धी कुनै पनि काम अगाडि नबढाउन र 'यथास्थिति' मा राख्न विपक्षीका नाममा आदेश दिएको छ।

यस रिटमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), एन्फा नेतृत्व र निर्वाचन समितिलाई विपक्षी बनाइएको छ। एन्फाभित्रको आन्तरिक विवाद र असन्तुष्टि अब न्यायिक प्रक्रियामा प्रवेश गरेसँगै नेपाली फुटबलको चुनावी भविष्य अन्यौलमा परेको छ।

613645896_881348257996501_3401085497147400222_n_mysjzZqe4B-1768735821.jpg
 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्