T10 T10

विश्वकपमा पाएन नेपालले अभ्यास खेल्ने टोली

भारत र श्रीलंकाका स्थानीय क्लबसंग खेल्ने
मंगलबार, पुस २९, २०८२
Global

काठमाडौँ:आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्ष्य गर्दै नेपाली क्रिकेट टोलीले विदेशमा अभ्यास तथा अभ्यास खेलहरू खेल्ने तयारी गरेको छ। यसक्रममा नेपालले श्रीलंका र भारतमा अभ्यास तथा मैत्रीपूर्ण खेलहरू खेल्ने भएको छ।

हाल रुपन्देहीको एक्स्ट्राटेक ओभलमा प्रशिक्षण गरिरहेको नेपाली टोलीले पहिलो चरणमा श्रीलंका जानेछ। त्यसपछि अन्तिम तयारीका लागि टोली भारतको मुम्बई पुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

श्रीलंका भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको ‘ए’ टोलीसँग अभ्यास खेलहरू खेल्ने कार्यक्रम छ। त्यसैगरी भारतमा मुम्बई क्रिकेट एसोसिएसन (एमसिए) को टोलीसँग पनि विभिन्न अभ्यास खेल खेलिनेछ।

क्यानका अनुसार नेपाली टोली अर्को साता श्रीलंका प्रस्थान गर्नेछ। त्यहाँ माघ ६ गते पहिलो अभ्यास खेल खेल्ने तालिका छ। श्रीलंकामा एक साता अभ्यास गरेपछि टोली मुम्बई जानेछ। मुम्बईमा नेपालले माघ १५ गते पहिलो अभ्यास खेल खेल्नेछ।

shrilanka-tour-1768307557.jpg

india-tour-1768307597.jpg


 

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्