T10 T10

विश्वकप छनाैट:थाइल्यान्डसङ्ग नेपाल ८ विकेटले पराजित

आइतबार, माघ ४, २०८२
Global

काठमाडौं :आईसीसी महिला टी–२० विश्वकप छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ।
टस जितेर थाइल्यान्डले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो। नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६.४ ओभरमा २ विकेट गुमाउँदै सहजै पूरा गर्‍यो।
नेपालका लागि विन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। विन्दु र सम्झना खड्काले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए पनि त्यसपछि अन्य ब्याटरले इनिङ सम्हाल्न सकेनन्।
सम्झना खड्काले ११ बलमा ६ चौकासहित २६ रन बनाइन्। त्यसपछि विन्दु र पूजा महतोले इनिङ अघि बढाए, तर १३.३ ओभरमा विन्दु आउट भइन्। यो विन्दुको टी–२० करियरकै उच्च स्कोर हो।
पूजा महतो १७ बलमा १२ रन, कप्तान इन्दु बर्मा ६ रन, र रुविना क्षेत्रीले १० बलमा १७ रन जोडिन्।
थाइल्यान्डका बलरमध्ये पुथावाङले ४ विकेट लिँदा कामचोम्फुले २ विकेट लिइन्।

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्