सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग शनिबार विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा डाइनामिक क्रिकेट एकेडेमीले विजयी शुरुवातटट गरेको छ ।
डाइनामकिले कटहरी क्रिकेट क्लब एकेडेमीलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सस १८ रनको सामान्य योगफल तयार पारेको थियो ।
कटहरीकालागि प्रसिद्ध मण्डलले ३५ रन बनाउँदा आइसटेन रिजालले २४ रनको योगदान दिए । डाइनामकिका विवेक झाले २ विकेट लिँदा विकाश कामत एसएस झा र सुवास राँयले १–१ विकेट लिए ।
जवाफमा १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको डाइनामीकले १९ ओभरमा ७ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । डाइनामीकका रवि राँयले अविजित २९ रन जोड्दा रोशन कामतले २२ रन जोडे । कटहरीका अभय कामतले ३ विकेट लिँदा सुमित यादव र रणधिर कामतले १–१ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच डाइनामीकका विवेक झा घोषित भए ।