सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
विराटनगर :नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा भएको विराटनगर क्रिकेट लिगको उद्घाटन खेलमा कटहरी क्रिकेट एकेडेमी विजयी भएको छ।
मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा कटहरीले लायन क्रिकेट एकेडेमीलाई ६९ रनले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको कटहरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६४ रन बनायो। समिर यादवले १८ बलमा ५ छक्का प्रहार गर्दै विस्फोटक ४० रन जोडे।
आइसटेन रिजाल र अस्वीन कामतले समान ४०–४० रनको योगदान दिए। जवाफमा १ सय ६५ रनको लक्ष्य पछ्याएको लायन क्रिकेट एकेडेमी १८ दशमलव ५ ओभरमा अलआउट हुँदै ९५ रनमै सीमित भयो। लायनका सकिव हकले ३५ रन र गौरभ कटवालले २७ रन बनाए। कटहरीका अस्वीन महतले ३ विकेट लिए भने अस्वीन कामतले २ विकेट हात पारे।
खेलको प्लेयर अफ द म्याच कटहरीका अस्वीन कामत घोषित भए। नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले विराटनगर र कोशी प्रदेशमा क्रिकेटको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।