सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ महिला ट्वान्टी–२० विश्वकप छनोटको अभ्यास खेलमा नेपाल अमेरिकासंग परासजित भएको छ । शुक्रवार भएको खेलमा नेपाल अमेरिकासंग ६ विकेटले पराजित भएको हो । जितकालागि नेपालले दिएको १ सय ३७ रनको लक्ष्य अमेरिकाले १९.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । त्यसअघि त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । यसअघि आयरल्यान्डसँगको अभ्यास खेलमा कमजोर प्रदर्शन गर्दै ९९ रनको हार बेहोरेको नेपालले शुक्रबार भने ब्याटिङमा सुधार देखायो। माथिल्लो क्रमका ब्याटरले आत्मविश्वासपूर्ण सुरुआत गरे।
सम्झना खड्का र विन्दु रावलले पहिलो ६ ओभरमै ४२ रन जोड्दै नेपाललाई राम्रो सुरुआत दिलाए। सम्झनाले २४ रन बनाउँदा विन्दुले २७ रनको योगदान दिइन्। उपकप्तान पूजा महतोले १७ रन जोडिन्।
मध्यक्रममा कविता जोशी र रोमा थापाले आक्रामक ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पु¥याए। जोशीले २० र रोमाले १९ रन बनाइन्। अन्त्यतिर राजमती ऐरी ८ रनमा अविजित रहिन्।
अमेरिकाका लागि तार चोपडाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइन्।