सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :न्यूजील्याण्डले दोस्रो एकदिवसीयमा भारतलाई ७ विकेटले पराजित गरेको छ। बुधबार सम्पन्न खेलमा २८५ रनको लक्ष्य पछ्याएको न्यूजील्याण्डले ४७.३ ओभरमा ३ विकेट मात्र गुमाउँदै लक्ष्य पूरा गर्यो। यो भारतमै न्यूजील्याण्डले सफलतापूर्वक पूरा गरेको सबैभन्दा ठूलो रन चेज हो। डेरिल मिचेलले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए। उनले ११७ बलमा अविजित १३१ रनको शानदार शतकीय इनिङ्स खेले, जसमा ११ चौका र २ छक्का समावेश थिए। त्यसैगरी विल यंगले ८७ रनको महत्वपूर्ण योगदान दिए। राजकोटको निरञ्जन शाह रंगशालामा टस जितेर न्यूजील्याण्डले पहिले बलिङ रोजेको थियो। भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रन बनाएको थियो। केएल राहुलले ९२ बलमा अविजित ११२ रनको उत्कृष्ट इनिङ्स खेल्दै आफ्नो एकदिवसीय करियरको ८औँ शतक पूरा गरे। कप्तान शुभमन गिलले ५६ रन बनाए भने रोहित शर्मा २४ र विराट कोहली २३ रनमा आउट भए। न्यूजील्याण्डका क्रिस्टियन क्लार्कले ३ विकेट लिए। यस जितसँगै ३ खेलको एकदिवसीय सिरिज १–१ को बराबरीमा पुगेको छ।