सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:भारतका दिग्गज ब्याटर विराट कोहली आईसीसीको एकदिवसीय क्रिकेट ब्याटिङ वरीयतामा पुनः शीर्ष स्थानमा पुगेका छन्।
आफ्नै टिमका कप्तान रोहित शर्मालाई पछि पार्दै ३७ वर्षीय कोहली चार वर्षपछि फेरि नम्बर एक बन्न सफल भएका हुन्। आइतबार बडोदरामा न्युजिल्यान्डविरुद्ध भएको पहिलो एकदिवसीय खेलमा कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै ९३ रन जोडेका थिए। उनको यो इनिङ्ससँगै भारतले चार विकेटको रोमाञ्चक जित हात पारेको थियो, जसले वरीयतामा कोहलीलाई अग्रस्थानमा पुर्यायो।
सन् २०२१ को जुलाईपछि पहिलो पटक शीर्ष स्थानमा फर्किएका कोहली ११औं पटक विश्वको नम्बर एक एकदिवसीय ब्याटर बनेका छन्। उनले यसअघि सन् २०१३ को अक्टोबरमा पहिलो पटक यो उपलब्धि हासिल गरेका थिए।
आईसीसीको पछिल्लो वरीयताअनुसार न्युजिल्यान्डका ड्यारेल मिचेल एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका छन् भने रोहित शर्मा दुई स्थान तल झर्दै तेस्रो स्थानमा सीमित भएका छन्।
यसै वरीयतामा नेपालका आसिफ शेख, रोहित पौडेल र आरिफ शेख पनि शीर्ष १०० भित्र स्थान बनाउन सफल भएका छन्, जुन नेपाली क्रिकेटका लागि सकारात्मक संकेत हो।