सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:आइसीसी महिला टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपाली महिला क्रिकेट टोली अभ्यास खेलमा आयरल्यान्डसँग पराजित भएको छ ।
आज भएको खेलमा नेपाल १०० रनको फराकिलो अन्तरले पराजित भएको हो । जितकालागि आयरल्याण्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा अलआउट हुँदै १०१ रनमा समेटियो । नेपालकालागि कबिता जोशीले सवार्बधिक २८ तथा बिन्दु रावलले २५ रन जोडिन् ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०० रन बनाएको थियो ।