diwpawali diwpawali

नेपाली क्रिकेटप्रति अनाबश्यक टिप्पणी नगरौँ : पारस खड्का

सोमबार, जेठ २८, २०८१

काठमाडौ :  नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटलाई लिएर टिका टिप्पणी बढ्न थालेपछि विश्लेषकहरु बढ्न थालेको टिप्पणी गरेका छन् ।

जारी टि २० विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्ससंग पराजित भएपछि आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरुको वृद्धि भएको टिप्पणी गरेका हुन् ।

सोमवार ललितपुरमा सिजि फुड्स नेपाल लिमिटेडले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खड्काले नेपाल १० वर्षको अन्तरालपछि टि २० विश्वकप खेलिरहेको तर एउटा खेल हारेसँगै क्रिकेट टिमप्रति धेरै विश्लेषक बढेको बताएका हुन् ।

सिजि फुड्स नेपालले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दे उनले नेपालले अझै श्रीलंका ,दक्षिण अफ्रिका र बंगलादेशसगं खेल्न बाँकी नै रहेकाले एउट खेल हार्दैमा अनावश्यक टिप्पणी गर्न नमिल्ने भनाई छ ।

क्यानले नेपाली खेलाडीहरुकालागि सकेको गरेको बताउँदै उनले सकारात्मक सोचका साथ अघि बढ्न खेलप्रमीमा अनुरोध समेत गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १५:४६
प्रतिक्रिया दिनुहोस्