ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आईसीसीको ठूलो स्वार्थ ! अमेरिकामै विश्वकप किन ?

सोमबार, जेठ २१, २०८१

काठमाडौँ : टि–२० विश्वकको आयोजनाको जिम्मा अमेरिकालाई दिईएको बिषय अहिले बिवादित बन्न थालेको छ । दुई पटकको विश्व विजेता वेष्टईण्डिजलाई आयोजनाको जिम्मेवारी दिनु सकारात्मक भएपनि क्रिकेटमा निकै कम नाम सुनिएको अमेरिकालाईनै विश्वकप आयोजनाको जिम्मेवारी अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले किन दियो ?

विश्व कप जस्तो प्रतियोगिता ! अमेरिकालाई दिएपछि अहिले विश्वकवको भविष्य माथिनै प्रश्न उठ्न थालेको छ । अर्कोतर्फ क्रिकेट प्रेमी निकै कम रहेको अमेरिकामा विश्वकपका बेला मैदानका सिट भर्ने गरी दर्शकको उपस्थिति समेत नरहने चिन्ता थपिएको छ ।  अमेरिकामा विश्वकप आयोजना गर्न दिनुको पछाडी आईसीसीको ठूलो स्वार्थ लुकेको छ ।

आज हामी आईसीसीको स्वार्थ र आगामी विश्वकपका खेलहरुका बिषयमा चचौ गर्ने छोँ । केही वर्षअघिसम्म अमेरिकामा पनि क्रिकेट टोली छ भनेर कसैले सुनेको थिएन । तर सन् २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२४ को विश्वकप अमेरिका र वेस्ट इन्डिजमा हुने घोषणा गरेको थियो । क्रिकेटमा वेस्ट इन्डिज पहिलेदेखि नै चर्चित नाम भएपनि अमेरिका त्यति सुनेको नाम भने थिएन् ।  आईसीसीको निर्णयसंगै अमेरिकाले ३ वर्षमा भित्र विश्वप खेल्न योग्य मैदानहरु भने बनाएको छ ।

बिश्वपका १६ खेलहरु मात्रै अमेरिकामा खेलाईने छ । विश्वकपमा कूल फाइनलसम्म ५५ खेलहरु हुने छन् । जसमध्ये ३९ खेलहरु वेस्ट इन्डिजमा हुनेछन् । अमेरिकामा क्रिकेटप्रति खासै रुची राख्ने दर्शकहरु नभएपछि आईसीसीले १६ ओटा मात्रै खेल अमेरिकामा गर्नेछ । अर्कोतर्फ दर्शहरुको उपस्थित समेत कम हुने आंकलन हुन थालेपछि आईसीसीको टाउको दुखेको छ । 


सन् २०२८ को ओलम्पिकमा क्रिकेटलाई पनि समाबेश गरिने भएपछि आईसीसी अमेरिकामा विश्वकप गर्न थप हौसिएको हो । किन भने २०२८ को ओलम्पिक अमेरिकामै हुने छ । तबसम्म आईसीसीले अमेरिका भित्र क्रिकेट खेललाई प्रवर्द्धन गर्न हरसम्भव प्रयास गर्नेछ । क्रिकेटको जन्मभूमि इंग्ल्याण्ड हो ।

त्यसपछि अंग्रेज शासित देशहरूमा पनि क्रिकेटको लोकप्रियता बढ्न थाल्यो । अहिले क्रिकेट एशिया, युरोप, अष्ट्रेलिया र अफ्रिकी महादेशहरुमा पनि लोकप्रिय छ। तर अझै पनि क्रिकेट पश्चिमा देशहरुमा पुग्न सकेको छैन । त्यसैले पनि आईसीसी अमेरिकालाई क्रिकेटको बनाउँदै अन्य देशहरुमा फैलाउन खोजिरहेको छ ।

यहि स्वार्थले अमेरिकालाई बिश्वकप आयोजनाको जिम्मेवारी दिएको हो । यदि क्रिकेट अमेरिकामा प्रवेश गर्न सफल भउमा  मेक्सिको, ब्राजिल, अर्जेन्टिना जस्ता देशलाई पनि क्रिकेटमा अगाडि बढ्न प्रोत्साहित गर्न सकिने आईसीसीको दाबी छ । 

आगामी जुन २ बाट अमेरिका र वेष्टईण्डिजमा संयुक्त रुपमा सुरु हुने टी–२० विश्वकपका लागि नौ वटा मैदानहरु छानिएका छन् । जसमध्ये ६ ओटा खेल मैदान क्यारेबियन टापु वेष्टईण्डिज र ३ वटा मैदान अमेरिकाको छनौट गरिएको छ । अमेरिकाको न्यूयोर्कमा रहेको नासाउ काउन्टी स्टेडियम ,फ्लोरिडामा रहेको ,सेन्ट्रल ब्रोवार्ड पार्क र टेक्सासमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा हुनेछ ।

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्