hERO hERO

आमा छोरा नै एशियन पावरलिफ्टिङ च्याम्पियनसिपका लागि छनोट

बुधबार, साउन २१, २०८२

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ३ धारपाका निवासी अंकित योञ्जन र झरना योञ्जन नाताले आमा छोरा हुन् । उनीहरू दुवैजना एशियन पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ का लागि नेपालको तर्फबाट औपचारिक रूपमा छनोट भएका छन् । 

अंकितले यूथ १८ वर्ष मुनिको समूहमा प्रतिस्पर्धा गर्नेछ भने झरनाले महिलातर्फ ५८ केजी तौल समूहमा सहभागी हुने छिन्। गत वैशाख ६ गते सम्पन्न बागमती प्रदेश स्तरीय प्रतियोगितामा समेत अङ्कित र झरनाले पदक हात पारेका थिए । उक्त प्रतियोगितामा अङ्कितले १८ वर्ष मुनि समूहमा पहिलो स्थान हासिल गर्दा झरनाले ६३ केजी मुनि दोस्रो स्थान हासिल गरेका थिए । साथै यसभन्दा अगाडि पनि झरनाले विभिन्न प्रतिस्पर्धाहरूमा सहभागी भई पदकहरू प्राप्त गरिसकेको  उनका श्रीमान हेम योन्जनले जानकारी दिए । 

NYFC Nepal र World Powerlifting को सहकार्यमा हुने यस अन्तर्राष्ट्रिय प्रतियोगितामा सम्पूर्ण एशियाका उत्कृष्ट खेलाडीहरू एकै मञ्चमा प्रतिस्पर्धा गर्नेछन्।  प्रतियोगिता यही साउन ३०, ३१ र भदौ १ गते काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजना हुँदैछ।

सम्भबत यो नै विश्वमा अन्तराष्ट्रिय प्रतियोगितामा एउटै आमा छोरा सहभागी हुने पहिलो रहेको अङ्कितका बुबा तथा झरनाका श्रीमान हेम योन्जनले बताए ।  

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्