सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ।
कोलम्बोमा आगामी जुलाइ २ देखि ७ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा ६३ खेलाडीले नेपाललाई प्रतिनिधित्व गर्नेछन्। खेलाडीसहित टोलीको संख्या ७३ सदस्य रहेको छ।
थाइल्याण्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी खेलाडी भने थाइल्याण्डबाटै श्रीलंका प्रस्थान गर्ने तयारीमा छन्। यसअघि नेपालमा सातौं संस्करण र भुटानमा आठौं संस्करण भएका दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको थियो।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य–सचिव युवराज लामा तथा महासचिव दावा गुरुङले शुभकामना ज्ञापन गर्दै बिदाइ गरेका थिए।