dosa dosa

थाइल्याण्ड ओपनमा एरिका गुरुङलाई स्वर्ण

शनिबार, असार १४, २०८२

काठमाडौं :नेपाली कराते खेलाडी एरिका गुरुङले थाइल्याण्ड ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।

सिनियर महिला कुमिते +६८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै एरिकाले थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्।

एरिका यसअघि पनि अन्तर्राष्ट्रिय स्तरमा सफल हुँदै आएकी छन्। उनले गत वर्ष एसियन सिनियर कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। यसै वर्ष आयोजित कराते १ प्रिमियर लिगमा पनि उनले ऐतिहासिक कास्य पदक जितेकी थिइन्।

थाइल्याण्ड ओपनमा अन्य नेपाली खेलाडीहरूले पनि प्रभावशाली प्रदर्शन गर्दै पदक हात पारेका छन्:

अन्य नेपाली पदक विजेता सूची:
सम्पन्न बस्नेत – रजत (यू–१२ पुरुष कुमिते ३७ केजी)

राजिव पुडासैनी – कांस्य (सिनियर पुरुष कुमिते ७५ केजी)

कृतिका अधिकारी – कांस्य (सिनियर महिला कुमिते ६८ केजी)

सबिना श्रेष्ठ – कांस्य (सिनियर महिला कुमिते ५५ केजी)

वर्षा बुढामगर – कांस्य (सिनियर महिला कुमिते ५० केजी)

दिया तामाङ – कांस्य (यू–१४ महिला कुमिते ५२ केजी)

आशिष हरिजन – कांस्य (पुरुष कुमिते ४५ केजी)

प्रजल थापा – कांस्य (यू–१४ पुरुष कुमिते ५० केजी)

थाइल्याण्ड ओपनमा नेपालले कुल ८ पदक हात पार्न सफल भएको छ जसमा १ स्वर्ण, १ रजत र ६ कांस्य छन् ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्