ADD FOR WEBSIDE ADD FOR WEBSIDE

प्रधानमन्त्री कप भलिबलमा पुरुष र महिलातर्फ को -को बिजयी भए ?

आइतबार, जेठ २०, २०८१

काठमाण्डौँ :काठमाण्डौँमा जारी आठौं प्रधानमन्त्री कप एनभिए भलिबलमा पुरुषतर्फ टिप टप हेल्प नेपाल, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मीले जियी सुरुवात गरेका छन् ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्ड हलमा शनिवार भएको खेलमा हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । पुरुषतर्फकै दोस्रो खेलमा नपाल पुलिस क्लबले सुदुरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ ।

तेस्रो खेलमा गण्डकी प्रदेशले विभागीय नेपाल एपिएफलाई क्लबलाई ३–१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । शनिवार भएको पुरुषतफको चौथो तथा अन्तिम खेलमा आर्मीले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ ।  

शनिवारनै भएको महिलातर्फ दुई विभिागिय टोली एपिएफ र पुलिस विजयी भएका छन् । एपिएफले चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र पुलिसले एपिएफलाई समान ३–२ ले पराजित गरेको हो ।

लिगको दुवैतफेको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । 
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्