सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :भारतीय सेनाको आयोजनामा हुने १३४औँ डुराण्ड कप फुटबल प्रतियोगिता २०२५ मा सहभागी हुन त्रिभुवन आर्मी क्लबका खेलाडीहरु आज २०८२ साउन ३ गते भारत प्रस्थान गरेका छन् ।
यहि साउन ७ गतेदेखि भदौ ७ गते (तदनुसार २०२५ जुलाई २३ देखि अगस्त २३) सम्म चल्ने उक्त प्रतियोगितामा आर्मी क्लबले भारतका “ए” लेवल फुटबल क्लबहरु र इण्डियन आर्मी एफटीसंग प्रतिस्पर्धा गर्नेछ । टोलीलाई प्रस्थान गर्नुअघि सैनिक तालिम महानिर्देशक उपरथी ध्रुव प्रकाश शाहले जङ्गी अड्डामा आयोजित कार्यक्रममा बिदाइ गरेका थिए ।
यस किसिमका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउनका साथै नेपाली सेना र भारतीय सेनाबीचको मित्रता र सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरिएको छ ।