ADD FOR WEBSIDE ADD FOR WEBSIDE

सरकारले एक लाख युवालाई रोजगार दिने

बुधबार, जेठ १६, २०८१

काठमाडौँ : सरकारले एक लाख युवालाई रोजगार दिने भएको छ । आर्थिक बर्ष २०८१/८२ को बजेट मार्फत राष्ट्र निर्माण युवा  परिचालन कार्यक्रम सञ्जालन गरि बेरोजगार एक लाख युवालाई रोजगारी दिने घोषणा गरेको हो ।

विश्वबिद्यालयबाट अध्धयन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई बिभिन्न सार्वजनिक निकाय र निजि क्षेत्रसंगको सहकार्यमा रोजगारमा लगाईने सरकारको लक्ष्य छ ।

उद्योग,ब्यबसाय,कृषि तथा पशुपंक्षी फर्म,होटल,पर्यटन,निर्माण क्षेत्र लगायत कार्यस्थलमा तालिम प्रदान गरेर उनीहरुलाई रोजगारमा संलग्न गराईने भएको हो । युवा तथा खेलकुद अन्तर्गतको यस कार्यक्रमका लागि मात्रै सरकारले ३ अर्ब रकम छुटाएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्