सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ: प्रथम थाउलु र दोस्रो शान्ता एशिया कपमा सहभागी हुने दुई नेपाली उसु खेलाडीको विदाई गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले प्रथम थाउलु र दोस्रो शान्ता एशिया कपमा सहभागी हुने दुई जना उसु खेलाडीलाई शुभकामना दिँदै विदाई गरेका हुन्।
चीनको चिलिङ शहरमा सन् २०२५ जुलाई २ देखि ७ तारिखसम्म हुने उक्त प्रतियोगितामा नेपालबाट थाउलु विधामा दीपक हमाल र सान्दा ९० केजी तौल समूहमा शीवजी सिलवालले सहभागीता जनाउने छन्।
विदाई कार्यक्रममा परिषद्का बोर्ड सदस्य हिमाल कुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। प्रतियोगितामा सहभागी हुन लागेका दुवै खेलाडीलाई परिषद्ले सफलताको शुभकामना व्यक्त गरेको छ।