सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:सरकारले नौ जना खेलाडीलाई “राष्ट्रिय खेलकुद प्रतिभा सम्मान” प्रदान गर्ने निर्णय गरेको छ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा सोमबार बसेको मन्त्रालयस्तरीय बैठकले यो निर्णय लिएको हो।
प्रत्येक खेलाडीलाई एक लाख रुपैयाँ सहित सम्मान गरिनेछ। सम्मानित हुने खेलाडीहरूमा:
भरतसिंह महता (पारा तेक्वान्दो)
प्रेमबहादुर लिम्बू, वीरबहादुर महरा (तेक्वान्दो)
अनुजा कुलुङ राई, मानमती विष्ट (कबड्डी)
दीपा शाही (फुटबल) रहेका छन्।
त्यस्तै, खेलकुद क्षेत्रका अन्य योगदानकर्ताहरुलाई पनि सम्मानित गरिने भएको छ।
प्रशिक्षकतर्फ: कविराज नेगी लामा (तेक्वान्दो)
निर्णायकतर्फ: धनकुमार मैनाली (बक्सिङ)
चिकित्सकतर्फ: डा. राजु डंगोल महर्जन
खेलकुद पत्रकारलाई पनि सम्मान खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारअन्तर्गत ११ जनाले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन्। पुरस्कृत पत्रकारहरूमा:
मुकुन्द घिमिरे (इलाम)
शरदचन्द्र भट्टराई (बारा)
विक्रमकुमार बानियाँ (मकवानपुर)
दिननाथ बराल (कास्की)
स्वस्तिक श्रेष्ठ (बुटवल)
दिनेशकुमार बुढा (दैलेख)
दिनेशबहादुर विष्ट (बैतडी)
नमिता दाहाल (समावेशी महिलातर्फ, तनहुँ)
रूपा गहतराज (समावेशी दलिततर्फ)
त्यसैगरी, ५० हजार रुपैयाँ राशिको “खेलकुद पत्रकारिता सम्मान पुरस्कार” लोचन राजोपाध्यायलाई प्रदान गरिने भएको छ।