Dosa Dosa

राष्ट्रिय खेलकुद नीति सार्वजनिक, खेलकुद क्षेत्रको समुचित विकासमा सरकारको जोड

सोमबार, असार १६, २०८२

काठमाडौं :नेपाल सरकारले राष्ट्रिय खेलकुद नीति, २०८२ सार्वजनिक गरेको छ।

मन्त्रिपरिषद्को २०८२/०२/०९ गतेको निर्णयअनुसार पारित गरिएको उक्त नीति युवा तथा खेलकुद मन्त्रालयले आज सार्वजनिक गरेको हो।

खेलकुद प्रणालीलाई संस्थागत बनाउने, त्यसको समुचित विकास गर्ने र स्थानीय, प्रादेशिक तथा संघीय तहमा समन्वयात्मक सहयोग बढाउने उद्देश्यका साथ नीति कार्यान्वयन गरिने जनाइएको छ।

नीति अन्तर्गतका प्रमुख उद्देश्यहरू यसप्रकार छन्:
खेलकुदलाई जनजीवनको अभिन्न अंग बनाउँदै स्वास्थ्य, सक्षमता र अनुशासनयुक्त जनशक्ति निर्माण गर्नु।

खेलकुद क्षेत्रको अन्तरसंस्थागत समन्वय र सहकार्यलाई टेवा दिँदै समग्र विकास।

अन्तर्राष्ट्रिय समुदाय तथा निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन, व्यापारलगायत क्षेत्रको प्रवर्द्धन गर्नु।

मनोरञ्जन, पर्यावरण, पर्यटन र उद्योगको समन्वयमा आर्थिक विकासमा टेवा पुर्‍याउने।

खेलकुद प्रतिस्पर्धामा उत्कृष्टता हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाउने।

यस नीतिमा ६ वटा उद्देश्य, १५ वटा नीति, २२ वटा रणनीति र ११ वटा कार्यान्वयन समिति रहने उल्लेख गरिएको छ। नीति कार्यान्वयनको प्रभावकारिता सुनिश्चित गर्न राष्ट्रिय खेलकुद अनुगमन समिति गठन गरिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विश्वास:
"यस नीतिको कार्यान्वयनपछि नेपालको खेलकुद क्षेत्रको दीर्घकालीन विकास, राष्ट्रिय गौरव अभिवृद्धि तथा अन्तर्राष्ट्रिय पहिचान सुदृढ हुने विश्वास गरिएको छ," — युवा तथा खेलकुद मन्त्रालय

khelkud-niti-1751280394.jpg


 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्