dosa dosa

इनस्राइन स्कूललाई दोस्रो अलार्म नेपाल चेस उपाधि

शनिबार, असार १४, २०८२

ललितपुर :ललितपुर जिल्लास्तरीय दोस्रो अलार्म नेपाल अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिताको उपाधि इनस्राइन नेशनल इङ्लिस सेकेन्डरी स्कूलले जितेको छ। २५ विद्यालय सम्मिलित प्रतिस्पर्धामा इनस्राइनले ११ म्याच प्वाइन्ट जोड्दै च्याम्पियन बनेको हो।

प्रतियोगिताको आयोजन ललितपुरका विभिन्न विद्यालयहरूको संयुक्त संस्था अलार्म नेपालले गरेको थियो। विजेता इनस्राइनलाई एक विशेष समारोहका बीच आकर्षक ट्रफी प्रदान गरिएको थियो।

उपविजेता र तृतीय स्थान
कुमारीपाटीस्थित मेघा सेकेन्डरी स्कूलले ९ अंकसहित उपविजेता बन्न सफल भयो भने सानेपाको साइनिङ स्टार सेकेन्डरी बोर्डिङ स्कूलले ८ अंक जोड्दै तृतीय स्थान हात पार्‍यो।

व्यक्तिगत विधातर्फका विजेता
चार विधामा पाँचौं स्थानसम्म रहेका विद्यार्थीहरूलाई पदक र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

सिनियर छात्र 
🥇 शुभ श्रेष्ठ – हिमालयन इन्टरनेसनल आइडन स्कूल (४ अंक, १६.५ प्रोग्रेसिभ)

🥈 जेबिन डंगोल – अमर कान्ती इङ्लिस स्कुल

🥉 राजमण्डल (नव प्रभात), सिमोन पौडेल (किडल्यान्ड), विश्वराज राय (नाजरेथ)

सिनियर छात्रा 
🥇 सम्झना घिमिरे – इनस्राइन स्कूल (५ अंक)

🥈 क्रब ज्योति कवर अरोरा – राइजिङ स्टार

🥉 श्रेया राई – एकता एकेडेमी

४/५औं – संगम घिमिरे (अमरकान्ती), सलिना राई (किडल्यान्ड)

जुनियर छात्र 
🥇 अर्जुन बलामी – मयुर स्कूल (५ अंक)

🥈 अपूर्व राजोपाध्याय शर्मा – मेघा सेकेन्डरी

🥉 सुबिन तिमल्सिना – इनस्राइन

४/५औं – सप्टेन राई (किडल्यान्ड), चेतन राई (एकता)

जुनियर छात्रा
🥇 गरिमा हुमागाई – मेघा सेकेन्डरी (५ अंक)

🥈 अनुष्का शर्मा – साइनिङ स्टार

🥉 दीपशिखा खतिवडा – इनस्राइन

४/५औं – अरुणा तामाङ (नाजरेथ), निक्की पासवान (प्याराडाइज)

समापन समारोह र आयोजक टोली
एकान्तकुनास्थित क्वालिटी रेस्टुरेन्टमा आयोजित समापन कार्यक्रममा अलार्म नेपाल अध्यक्ष रचना बस्नेतको सभापतित्वमा पुरस्कार वितरण गरियो।
कार्यक्रममा समाजसेवी तथा सल्लाहकार कन्हैया सिं कुँवर, नेपाल बुद्धिचाल महासङ्घका कोषाध्यक्ष तारानाथ राणाभाट, प्रवक्ता राजु ताम्राकार लगायतको उपस्थिति थियो।

प्रतियोगिता फिडे आर्बिटर सोराज ताम्राकारको नेतृत्वमा हरिकृष्ण श्रेष्ठ, असुन राजकर्णीकार र युराज ताम्राकारले सञ्चालन गरेका थिए।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्