dosa dosa

मन्त्री चौधरीले गरे त्रिवि मैदानको निरिक्षण 

सोमबार, असार ९, २०८२

काठमाडौं :राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष तथा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा मन्त्री चौधरीले मैदानमा हाल चलिरहेको प्यारापिट निर्माण तथा फ्लडलाइट जडान कार्यको प्रगति बुझेका थिए । उनले सम्बन्धित इञ्जिनियर तथा निर्माण पक्षलाई निर्धारित समयसीमाभित्र सबै काम सम्पन्न गर्न निर्देशन समेत दिए । हाल कीर्तिपुर मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्यारापिट निर्माण, दर्शक क्षमताको विस्तार, फ्लडलाइट जडान र अन्य भौतिक संरचना सुधारको काम भइरहेको छ।


निरीक्षणपछि मन्त्री चौधरीले पत्रकारहरूसँग कुरा गर्दै नेपालको क्रिकेट लोकप्रियतासँगै पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताए। “क्रिकेटप्रेमी दर्शकको सुविधा र अन्तर्राष्ट्रिय खेलको आयोजना सहज बनाउने उद्देश्यले मैदानको स्तरोन्नति भइरहेको छ,“ उनले भने।


राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत रहेको यो मैदान नेपालमा आयोजना हुने प्रमुख घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको केन्द्रबिन्दु मानिन्छ ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्