सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको पर्यटकीय स्थल सुकुटेमा प्रथम बागमती बिच रग्बी महिला प्रतियोगिता हुने भएको छ ।
नेपाल रग्बी संघले अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आइतबार र सोमबार प्रतियोगिता सञ्चालन हुने संघका प्रवक्ता तथा कोषाध्यक्ष दीपक अधिकारीले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
बागमती प्रदेश खेलकुद विकास परिषद् साथै राष्ट्रिय खेलकुद परिषद्को सहयोग र बागमती प्रदेश रग्बी संघको व्यवस्थापनमा सुकुटेमा नेपालमानै पहिलो पटक प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा कर्णाली, बागमती र मधेश प्रदेशले सहभागिता जनाउने छन् । यस्तै, राष्ट्रियस्तरका गोर्खाली रग्बी क्लब, नेपाल महिला रग्बी क्लब र सिन्धुपाल्चोक रग्बी क्लब गरी कुल ६ वटा महिला टिमले सहभागिता जनाउने छन् । यस प्रतियोगिता लिगको आधारमा खेलाइनेछ ।
प्रतियोगिताको अनुमानित लागत १३ लाख रूपैयाँ रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।