सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
हेटौंडा :हेटौंडा चेस क्लबको आयोजनामा सेमी क्लासिकल विद्यालय छात्रवृत्ति बुद्धिचाल प्रतियोगिता शुक्रबारबाट हेटौंडामा सुरु भएको छ। प्रतियोगितामा हेटौंडाका विभिन्न १४ विद्यालयका ६६ जना विद्यार्थीले सहभागिता जनाएका छन्।
पहिलो दिन ४ चरणका खेल सम्पन्न भएका छन्। ३० मिनेट प्लस ३० सेकेन्ड इनक्रिमेन्ट समयको सेमी क्लासिकल विधामा ज्ञानदीप शिक्षा निकेतनका विषम कोइराला र नवोदय शिशु सदनका नाइस लामा ४-४ अंक सहित संयुक्त अग्रस्थानमा छन्।
त्यसैगरी, नवोदयका सरल मैनाली, बाल जागृति सेकेन्डरी स्कुलका केविन गर्ग, ज्ञानदीपका आङटेन मोक्ताङ र उचित जोशीले ३.५–३.५ अंक सहित संयुक्त दोस्रो स्थान हासिल गरेका छन्।
३ अंक प्राप्त गर्दै सिद्धार्थ शिशु सदनका कृतार्थ धोडारी, नवोदयका आरोण गहतराज, आधुनिक राष्ट्रिय स्कुलका प्रिन्स जयसवाल, बाल जागृतिका कुशल कार्की, ज्ञानदीपका स्वप्निल मानन्धर र भुटनदेवी सेकेन्डरी स्कुलका प्रवेश अधिकारीसहित १३ जना विद्यार्थी संयुक्त रूपमा तेस्रो स्थानमा छन्।
प्रतियोगिताको उद्घाटन नेपाल बुद्धिचाल सङ्घका महासचिव तथा हेटौंडा चेस क्लबका अध्यक्ष धरम बहादुर लामाको सभापतित्वमा सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेश महाशाखाका प्रमुख सूर्यबहादुर दाहालले बुद्धिचाल खेलमार्फत छात्रवृत्ति प्रदान गर्ने यो प्रयासको प्रशंसा गरे।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका अधिकृत हमबहादुर बिक, मकवानपुर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन सभापति प्रसिद्ध रेग्मी, विद्यालय प्रमुखहरू, खेलकर्मी, संघ पदाधिकारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।