सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :काठमाडौं महानगरपालिका वडा नं. २७ को आयोजनामा जारी श्रीमती मंगलादेवी सिंह स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता अन्तर्गत दोस्रो दिनको खेल सम्पन्न भएको छ।
दोस्रो संस्करणको यस प्रतिष्ठित प्रतियोगितामा काठमाडौंका युवा खेलाडी सीएम पुरुषोत्तम सिलवाल अपराजित रहँदै पाँचै खेलमा विजय हासिल गर्दै पूर्ण ५ अंकका साथ एकल अग्रता जमाउन सफल भएका छन्।
पछिल्लो महिना श्रीलंकामा आयोजित वेस्टर्न एसियन एमेच्योर चेस प्रतियोगितामा नेपालका लागि रजत पदक जितेका पुरुषोत्तमले हालसम्म क्रमशः हार्दिक पन्त, रामकृष्ण महर्जन, महेन्द्रकुमार साम्बा हाम्फे, शैलेन्द्र न्यौपाने र सीएम नवीन तण्डुकारलाई पराजित गर्दै शानदार प्रदर्शन गरेका हुन्।
संयुक्त दोस्रो स्थानका तीन चुनौतीकर्ता चार खेलमा जित र एक खेलमा बराबरी गर्दै एफएम क्षितिज भण्डारी (मकवानपुर), प्रकाशचन्द्र नेपाल (झापा) र सुरज महर्जन (ललितपुर) समान ४.५ अंकसहित संयुक्त दोस्रो स्थानमा छन्।
क्षितिजले पाँचौँ चरणमा प्रकाशसँग बराबरी खेलेका थिए भने चौथो चरणमा खोटाङका धिरेन राई र तेस्रो चरणमा कुशल बेलबासेमाथि विजय हासिल गरेका थिए।
प्रकाशले तेस्रो र चौथो चरणमा सुशील सुवेदी (स्याङ्जा) र जनार्दन श्रेष्ठ (काठमाडौं) लाई पराजित गरेका थिए।
सुरज महर्जनले पछिल्ला तीन चरणमा क्रमशः अशोकमोहन श्रेष्ठ, सन्देश श्रेष्ठ र कमल श्रेष्ठलाई हराउँदै राम्रो लय बनाएका छन्।
४ अङ्कसहित संयुक्त तेस्रो स्थानमा सात खेलाडी ४ अङ्कसहित संयुक्त तेस्रो स्थानमा रहेका खेलाडीहरूमध्ये उल्लेखनीय नामहरू:
महिला तर्फ रिया श्रेष्ठको अग्रता नयाँ पुस्ताकी चम्किलो तारा तथा हालैकी नेशनल जुनियर च्याम्पियन रिया श्रेष्ठले महिला वर्गमा ३ अंकसहित अग्रता लिएकी छन्। उनका साथै समान ३ अङ्क बटुल्ने खेलाडीहरूमा प्रतिमा बास्कोटा, शान्ति धिमाल र ओमन नेशनल च्याम्पियन सिन्दिरा जोशी पनि शीर्ष दौडमा छन्।
पुरस्कार राशी स्वीस लिग प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगिता कुल ९ चरणसम्म सञ्चालन हुनेछ।
विजेता: नगद रु २५,०००
उपविजेता: रु २०,०००
तेस्रो स्थान: रु १५,००० कुल पुरस्कार राशी रु १ लाख ४५ हजार रहेको छ।
प्रतियोगिता ज्याठास्थित अन्नपूर्ण उच्च माविको सभा हलमा सञ्चालन भइरहेको हो।