dosa dosa

नेदरल्यान्ड्सले नेपाललाई १५३ रनको लक्ष्य दियो

सोमबार, असार २, २०८२

ग्लासगो :स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध जितका लागि १५३ रनको लक्ष्य पाएको छ।

टिटवुड, ग्लासगोस्थित मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपाल विरुद्ध नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रनको योगफल बनायो।

डच टोलीका लागि तेजा निडामानुरुले सर्वाधिक ३५ रन बनाए। उनले ३७ बलमा १ छक्का सहित ३५ रन बनाएर नन्दन यादवको बलमा बोल्ड आउट भए। विक्रम जित सिंहले २ छक्का सहित ३० रन बनाए भने सकिब जुल्फिकर २५ रनमा अविजित रहे।

ओपनर माइकल लेभिट २० रनमा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भए भने अर्का ओपनर म्याक्स ओ’डाउड १९ रनमा ललित राजवंशीको बलमा करण केसीबाट क्याच आउट भए।

नेपालका बलरहरूमध्ये सन्दीप लामिछाने सबैभन्दा सफल रहे, जसले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले २ विकेट हात पारे भने ललित राजवंशी र कुशल भुर्तेलले समान १–१ विकेट लिए।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  २२:०१
प्रतिक्रिया दिनुहोस्