सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :खेलकुद क्षेत्रलाई अनुशासित, मर्यादित र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन प्रस्ताव गरिएको नयाँ विधेयक संसदमा दर्ता गरिएको छ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जेठ ३० गते खेलकुद विकास ऐन, २०७७ संशोधनका लागि संघीय संसद सचिवालयमा विधेयक दर्ता गरेका हुन्। यसअघि जेठ १२ गते मन्त्रिपरिषद्बाट स्वीकृत उक्त विधेयक असार १ गते सांसदहरूलाई वितरण गरिएको हो।
अब विधेयक प्रतिनिधिसभामा टेबुल भएपछि प्रारम्भिक छलफल हुनेछ। त्यसपछि दफावार छलफल गरी दुवै सदनबाट पारित भएपछि राष्ट्रपतिको प्रमाणीकरणमार्फत कार्यान्वयनमा जानेछ।
संविधानको सामाजिक न्याय तथा समावेशीकरण नीतिअनुसार खेलकुदलाई राष्ट्रिय एकताको माध्यम र अन्तर्राष्ट्रिय प्रतिष्ठाको आधार बनाउने उद्देश्यसहित ऐन संशोधन गरिएको हो।
विधेयकमा समावेश प्रमुख प्रस्तावहरू:
सरकारले ऐनलाई समयानुकूल सुधार गर्दै खेल क्षेत्रलाई अझ प्रभावकारी बनाउने उद्देश्य लिएको छ।