सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :बुढानीलकण्ठ नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रथम जुनियर राष्ट्रिय चेस च्याम्पियनसिप मा झापाका रिसोन थापा र काठमाडौंकी रिया श्रेष्ठले आफ्नो समूहमा उपाधि जितेका छन्।
छात्रातर्फ च्याम्पियन रिया श्रेष्ठ नेपाल बुद्धिचाल महासंघको तत्वावधान तथा बुढानीलकण्ठ युथ काउन्सिलको आयोजनामा भएको प्रतियोगितामा रिया श्रेष्ठले सात चरणको खेलमा पाँच जित र दुई बराबरी खेल्दै कुल ६ अंक जोडेर अपराजित रुपमा उपाधि हात पारिन्। उनीसँगै बाँकेकी ईशा गिरीले ५.५ अंक र ३३ टाइब्रेक प्वाइन्टसहित दोस्रो स्थान हासिल गरिन् भने एन्जल महर्जनले समान ५.५ अंक र ३१ टाइब्रेक प्वाइन्टसहित तेस्रो स्थानमा रहिन्। चौथो स्थानमा दानिसा पुरी (५.५ अंक, २७.५ टाइब्रेक) र पाँचौं स्थानमा प्रिसियस अधिकारी (५ अंक) रहिन्।
छात्रातर्फ च्याम्पियन रिसोन थापा पुरुष समूहमा झापाका रिसोन थापाले ९ चरणको सम्पूर्ण खेल जित्दै ९ अंकसहित च्याम्पियन बने।श्रीलंकामा एसियाली चेसमा रजत जितेका सीएम पुरुषोत्तम सिलवालले ८ अंकसहित दोस्रो स्थान हात पारे। ७ अंक प्राप्त गर्ने खेलाडीहरूमा प्रग्रेसिभ टाइब्रेक प्वाइन्टका आधारमा प्रतीक सुवेदी तेस्रो, अविक शाह चौथो र अग्रिम सैजु पाँचौं स्थानमा रहे।
विधागत उपाधि विभिन्न उमेर समूहका उत्कृष्ट खेलाडीहरू:
छात्र: यू–८ शुभाङ्ग प्रधान, यू–१० आस्विक पोखरेल, यू–१२ समृद्ध श्रेष्ठ, यू–१४ ओस्कार पन्थी, यू–१६ आद्यान्त काफ्ले, यू–१८ युनिक गौतम।
छात्रा: यू–१० अग्रता आचार्य, यू–१२ निहाना श्रेष्ठ, यू–१४ नेलिसा ओझा, यू–१६ ओजस्वी श्रेष्ठ, यू–१८ ग्लोसी श्रेष्ठ।
पुरस्कार र सम्मान प्रतियोगिताका शीर्ष पाँच स्थान प्राप्त खेलाडीहरूले क्रमशः रु ४०,०००, रु २५,०००, रु १०,०००, रु ७,५०० र रु ५,००० नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे। विधागत विजेता खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गरे।
समापन समारोह त्रिज्योति स्कुलमा आयोजित समापन समारोहमा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले विजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गरे। समारोहमा नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन र प्रवक्ता राजु ताम्राकारको उपस्थिति थियो।