सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :१५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगितामा बागमती प्रदेशले शानदार प्रदर्शन गर्दै समग्र उपाधि जितेको छ।
बागमतीले ३६ स्वर्ण, ७ रजत र ११ कांस्य पदकसहित सातै प्रदेशबीच टिम च्याम्पियन बन्न सफल भएको हो।
प्रतियोगिताको पदक तालिका यस्तो रह्योः
बागमतीले प्रतियोगिता भरि दबदबा कायम राख्यो, जबकि कोशी प्रदेशले एकपटक पनि स्वर्ण जित्न सकेन।
यो प्रतियोगिता युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न भएको थियो।
पुरस्कार वितरण समारोहमा राखेपका उपाध्यक्ष ध्रुव आचार्य, सदस्य–सचिव टंकलाल घिसिङ, कार्यकारी सदस्यहरू कमलबहादुर भट्टराई, रञ्जना प्रधान, सुवर्ण श्रेष्ठ र जगतसिंह धामीले विजयीहरूलाई पुरस्कार प्रदान गरे।