सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :पहिलो जुनियर नेशनल चेस च्याम्पियनसिप अन्तर्गत छात्रातर्फ काठमाडौँकी रिया श्रेष्ठ एकल अग्रता कायम गर्न सफल भएकी छन्।
बुढानीलकण्ठ नगरपालिकाको प्रायोजनमा भइरहेको प्रतियोगितामा उनले पाँच चरणको खेलपछि ४.५ अङ्क जोड्दै अग्रता लिएकी हुन्। ओलम्पियाडका लागि छनोट भएकी रियाले नयुमा मगर, उज्जिभनी कँडेल, निहाना श्रेष्ठ र प्रेसियस अधिकारीमाथि जित दर्ता गरेकी हुन् भने विविशा तामाङसँग बराबरी खेल्न पुगेकी थिइन्। प्रतियोगिता नेपाल बुद्धिचाल महासंघको तत्वावधान तथा बुढानीलकण्ठ युथ काउन्सिलको आयोजनामा भईरहेको हो ।
दोस्रो स्थानमा कडा प्रतिस्पर्धा दोस्रो दिनको खेलपछि प्रेसियस अधिकारी, एन्जेल महर्जन, दानिशा पुरी र नेलिसा ओझा ले समान ४ अङ्क प्राप्त गर्दै संयुक्त दोस्रो स्थान ओगटेका छन्।
पुरुषतर्फ संयुक्त अग्रता यता, छात्रतर्फ ६ चरणको खेल सम्पन्न हुँदा रिसोन थापा र सीएम पुरुषोत्तम सिलवाल ले समान ६ अङ्क जोड्दै संयुक्त अग्रता कायम गरेका छन्। उनीहरूलाई पछ्याउँदै आद्यान्त काफ्ले, प्रतीक सुवेदी, एआईएम अभीक शाह, अभिनव पाण्डे, युनिक गौतम, स्वर्णिम दुवाल र खिमबहादुर पुन ले ५ अङ्क सहित संयुक्त दोस्रो स्थान ओगटे।
भोलिको खेल रोचक हुने संकेत स्विस लिग क्लासिकल (६० मिनेट + ३० सेकेन्ड इनक्रिमेन्ट) ढाँचामा भोलि हुने प्रमुख खेलहरूमा:
रिसोन थापा विरुद्द सीएम पुरुषोत्तम सिलवाल
प्रतीक सुवेदी विरुद्द एआईएम अभीक शाह
आद्यान्त काफ्ले विरुद्द स्वर्णिम दुवाल
खिमबहादुर पुन विरुद्द सतीश शाह
२ लाख ३० हजार पुरस्कार राशिको प्रतियोगिता प्रथम राष्ट्रिय जुनियर चेस प्रतियोगिताका विजेताहरूलाई २ लाख ३० हजार रुपैयाँ बराबरको नगद पुरस्कार प्रदान गरिनेछ। छात्र तथा छात्रा दुवै समूहमा पहिलोदेखि पाँचौँ स्थानसम्म क्रमशः ४० हजार, २५ हजार, १० हजार, ७ हजार ५ सय र ५ हजार नगद पुरस्कार दिइनेछ।
त्यसैगरी, ११० युवा खेलाडीमध्ये विभिन्न उमेर समूह (८, १०, १२, १४, १६, १८ वर्ष) का उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएका छन्।