dosa dosa

एथलेटिक्सको पहिलो दिन दुई नयाँ राष्ट्रिय कीर्तिमान

बुधबार, जेठ २८, २०८२

काठमाडौं :युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत एथलेटिक्सको पहिलो दिन दुई नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन्।
छात्र १०० मिटर दौडमा बागमती प्रदेशका प्रवीण राना मगरले १०.७६ सेकेन्डमा दूरी पार गर्दै २०७० सालमा आशिष चौधरीले बनाएको १०.९० सेकेन्डको कीर्तिमान तोडेका छन्।
त्यसैगरी, छात्रा ४०० मिटर दौडमा सुदूरपश्चिम प्रदेशकी संगीता विकले १ मिनेट ०१.१९ सेकेन्डमा दूरी पूरा गर्दै २०७६ सालमा अरुणा रिजालले बनाएको १ मिनेट ०१.३० सेकेन्डको कीर्तिमान भंग गरेकी छन्।
यी दुवै खेलाडीको प्रदर्शनले नेपाली एथलेटिक्सको भविष्यप्रति आशा जागृत गराएको छ।
 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्