सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :काठमाडौंमा सम्पन्न भएको २० औं अन्नपूर्ण दोश्रो राष्ट्रिय स्कूल चेस च्याम्पियनसिपमा मार्भलस इङ्गलिस बोर्डिङ स्कूलले स्कूल च्याम्पियनको उपाधि जितेको छ।
नेपाल बुद्धिचाल महासंघ र अन्नपूर्ण स्कूलको संयुक्त आयोजनामा भएको प्रतियोगितामा देशभरका ७५ विद्यालयका ५५० भन्दा बढी खेलाडीले भाग लिएका थिए।
मार्भलसले ४५ अंक जोड्दै पहिलो, मनकामना विद्यालयले ४० अंकसहित दोस्रो, र त्रियोग हाइस्कुलले ३८ अंक जोड्दै तेस्रो स्थान हासिल गरेका छन्।
उमेर समूह अनुसार छात्र–छात्रा छुट्टाछुट्टै समूहमा प्रतिस्पर्धा भएको प्रतियोगितामा १३ वर्षमाथि छात्र समूहमा प्रज्ञा कुञ्जका कशिभ कार्की प्रथम भए भने छात्रातर्फ मनकामना स्कूलकी प्रेसियस अधिकारी पहिलो भइन्।
यस्तै, १३ वर्ष मुनिका छात्र समूहमा एसियन पब्लिक स्कूलका दिपन मैनाली प्रथम र छात्रातर्फ मनकामनाकी मेघना अधिकारी प्रथम बनेकी छन्।
कार्यक्रममा विजेताहरूलाई च्याम्पियन ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो। मुख्य अतिथि काठमाडौँ महानगरपालिका–२७ का वडा अध्यक्ष योगेश खड्का थिए भने समापन समारोह अन्नपूर्ण स्कूलका प्रधानाध्यापक चन्द्रप्रकाश राजभण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो।