सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं : नेपाल बुद्धिचाल महासङ्घ र अन्नपूर्ण स्कुलको संयुक्त आयोजनामा जारी दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिप अन्तर्गत विभिन्न उमेर समूहमा प्रतिस्पर्धा जारी छ।
अन्नपूर्ण स्कुलको सभा हलमा जारी प्रतियोगितामा १३ वर्ष मुनी महिला, पुरुष र १३ वर्ष माथिका विधामा विद्यार्थीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।
१३ वर्ष मुनी महिला वर्गमा त्रिसारा लामा अग्रस्थानमा त्रिपद्म स्कुलकी त्रिसारा लामा ले दुई अंक हासिल गर्दै १३ वर्ष मुनी महिला समूहमा शीर्ष स्थानमा कब्जा जमाएकी छिन्। उनकै समूहमा बिएन एकेडेमीकी विविषा तामाङ, नितिन मेमोरियलकी ज्ञानी श्रेष्ठ, मनकामना स्कुलकी जिज्ञाशा खनाल र मेघना अधिकारी, इङ्लिस बोर्डिङ स्कुलकी क्रिष्टि रिजालले पनि दुई–दुई अंक प्राप्त गर्दै संयुक्त रूपमा अग्रस्थानमा स्थान बनाएका छन्।
नितिन मेमोरियलकी परियचा गोलाखा, मार्बल स्कुलकी सोनालिका सराफ, माछापुछ्रे एलबी वर्ल्ड स्कुलकी जोहाना कार्की, र डीएभी स्कुलकी स्तुति रसाइलीले समेत समान दुई अंक जोड्दै प्रतिस्पर्धा चुल्याएका छन्।
१३ वर्ष मुनी पुरुष वर्गमा आयान खतिवडा सहित शीर्षमा सात खेलाडी काठमाडौं प्रज्ञा कुञ्जका आयान खतिवडा, टुङ्ग्राम इन्टरनेसनल स्कुलका हृदय पौडेल र विप्लव यादव, मार्बलस इङ्लिस बोर्डिङ स्कुलका ब्रिज नन्दन दासले सतप्रतिशत नतिजा निकाल्दै अग्रता लिएका छन्।
एसियन पब्लिक स्कुलका दिपन मैनाली, पाठशाला नेपाल फाउन्डेसनका ओस्कार पन्थी, र मार्बलस स्कुलकै रिवाज थापा पनि प्रतिस्पर्धामा अगाडि छन्। यस्तै, दिप ज्योति स्कुलका रोजिन श्रेष्ठ, ज्ञानोदय बालवाटिकाका ओस्कार पन्थी, अन्नपूर्ण स्कुलका एक कर्मचारी र त्रियोग हाइस्कुलका सम्पन्न बज्राचार्यले समान अंक जोड्दै तालिकामा स्थान बनाएका छन्।
१३ वर्ष माथिको समूहमा पनि तीव्र प्रतिस्पर्धा महिला वर्गमा सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुलकी अनन्या सैंजु, केएमसी स्कुलकी वियाङ्का गौतम, नाइटिङ्गेल स्कुलकी दिया श्रेष्ठ, त्रियोग हाइस्कुलकी कृपा बेलबासे र अन्नपूर्ण स्कुलकी कृतिका राजभण्डारी अग्रपंक्तिमा छन्। त्यस्तै, केएमसीकी प्रविज्ञा श्रेष्ठ, डीएभी स्कुलकी प्रज्ञा पन्त, मनकामना स्कुलकी प्रेसियस अधिकारी, संस्कृति गजुरेल र पाठशाला फाउन्डेसनकी श्रेया सापकोटा पनि प्रतिस्पर्धात्मक स्थानमा छन्।
१३ वर्ष माथि पुरुषतर्फ अर्जुन परियार अग्रस्थानमा पुरुषतर्फ नितिन मेमोरियलका अर्जुन परियार, काष्ठमण्डप स्कुलका इभान राणा, दीपज्योति स्कुलका जीवेस श्रेष्ठ अग्रस्थानमा छन्। साथै, कौशल बोर्डिङ स्कुलका स्वस्तिक कार्की, काष्ठमण्डप स्कुलका आर्टिस्ट रेग्मी, टिआइए स्कुलका आयान पौडेल, र डीएभी स्कुलका हर्षवर्धन राठी पनि प्रतियोगितामा अगाडि रहेका छन्।
मेरिडियन स्कुलका इशान पन्त, विश्व ज्ञान पाठशालाका रमन शर्मा, विलियम पब्लिक स्कुलका रिक्की महर्जन, समता शिक्षा निकेतका हिमाञ्चल मैनाली, निर्मल न्यौपाने, र नितिन मेमोरियलका पेम्बा शेर्पाले संयुक्त अग्रता बनाएका छन्।