yt yt

राष्ट्रिय स्कूल चेसमा पेभिलियन चेस एकेडेमी विजयी

शनिबार, जेठ २४, २०८२

काठमाडौँ :नेपाल बुद्धिचाल महासङ्घ र अन्नपूर्ण स्कूलको संयुक्त आयोजनामा सम्पन्न अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कूल चेस च्याम्पियनसिप अन्तर्गत जुनियर उमेर समूह (९ र ११ वर्ष मुनी) का छात्र–छात्रातर्फका अन्तिम चरणका खेलहरू सम्पन्न भएका छन्।

११ वर्ष मुनी छात्र समूहमा पेभिलियन चेस एकेडेमीका अग्रिम सैजु अपराजित रहँदै सातै चरण जितेर च्याम्पियन बने। अल्केमिस्ट एकेडेमीका वचन सिलवाल दोस्रो स्थानमा रहँदा, पुष्प सदनका हार्दिक पन्तले समान ६ अंक प्राप्त गरी तेस्रो स्थान हासिल गरे।

११ वर्ष मुनी छात्रातर्फ मार्भलस अंग्रेजी बोर्डिङ स्कुलकी निहाना श्रेष्ठले ५.५ अंकसहित उपाधि जितिन्। इम्पेरियल वर्ल्ड स्कुलकी अग्रता आचार्य दोस्रो भइन् भने युरो स्कुलकी विप्सना केसीले ५ अंक जोडेर तेस्रो स्थान प्राप्त गरिन्।

९ वर्ष मुनी छात्र समूहमा पेभिलियन चेस एकेडेमीकै सुनभ ओझाले सम्पूर्ण ६ खेल जित्दै शतप्रतिशत अंकका साथ उपाधि जिते। रातो बङ्गला स्कुलका सुभङ्ग प्रधान दोस्रो, र पशुपति एकेडेमीका साइन्स कँडेल तेस्रो भए।

९ वर्ष मुनी छात्रातर्फ दीपज्योति आवासीय माध्यमिक विद्यालयकी अंशिका श्रेष्ठ र मार्भलस स्कुलकी संगीता दासले समान ४.५ अंक प्राप्त गर्दै क्रमशः पहिलो र दोस्रो स्थानमा रहिन्। काठमाडौँ विद्यालयकी निगिताले ४ अंकसहित तेस्रो स्थान प्राप्त गरिन्।

विजयी खेलाडीहरूलाई नेपाल बुद्धिचाल महासङ्घका महासचिव धरमबहादुर लामाले पुरस्कार प्रदान गरे।

च्याम्पियनसिपअन्तर्गत छात्र, छात्रा १३ र १३ वर्षभन्दा माथिका समूहका खेलहरू भोलिदेखि सुरु हुने आयोजकले जनाएका छन्।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्