सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :अन्नपूर्ण स्कुल र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा काठमाडौंमा जारी २०औं अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिपको पहिलो दिन दुई चरणका खेल सम्पन्न भएका छन्।
कुल २३५ खेलाडी सहभागी प्रतिस्पर्धामा यु–११ छात्रतर्फ बाल विकास इङ्लिस बोर्डिङ स्कुलका हृदय बस्नेतले लगातार दुई जितसहित अग्रता कायम गरे। उनले ग्रीनल्यान्ड र न्युटन स्कुलका खेलाडीलाई हराए।
यु–११ छात्रातर्फ इम्पेरियल वर्ल्ड स्कुलकी अग्रता आचार्यले क्रिएटिभ एकेडेमी र अन्नपूर्ण स्कुललाई पराजित गर्दै शीर्ष स्थान बनाइन्।
त्यसैगरी यु–९ छात्रतर्फ अन्नपूर्ण स्कुलका निशाम श्रेष्ठ र छात्रातर्फ पाठशाला नेपाल फाउन्डेसनकी आरिस्नु पौडेलले दुई–दुई जितसहित शीर्ष स्थानमा छन्।
प्रतियोगिता अन्नपूर्ण स्कुलको सभा हलमा सुरु भएको हो। उद्घाटन कार्यक्रम नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर राणा भाटले गरे भने कार्यक्रममा महिला चेस च्याम्पियन सिन्दिराज जोशीलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।