ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आइपिएलमा उपाधिको छिनोफानो आज ! कस्ले जित्ला उपाधि ?

आइतबार, जेठ १३, २०८१

काठमाडौँ :ईण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको उपाधि भिडन्त आईतवार हुँदैछ । एमए चिदम्बरम स्टेडियम चेन्नईमा हुने फाइनलमा कोलकाता नाईट राईडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुन लागेको हो । फाईनल खेल नेपाली समयअनुसार बेलुकी ७ः४५ बजे सुरु हुनेछ । कोलकाता तेस्रो उपाधि जित्ने लक्ष्यकासाथ मैदान उत्रने तयारीमा रहँदा  हैदराबाद दोस्रो पटक उपाधि कब्जा गर्न चाहन्छ ।

कोलकाताले गौतम गम्भीरको कप्तानीमा सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । डेभिड वार्नरको कप्तानीमा हैदरावादले सन् २०१६ मा पहिलो ट्रफी उचालेको थियो ।

फाईनल खेलअघि भव्य समापन समारोहको पनि आयोजना गरिएको छ । समापन समारोहमा अमेरिकी रक ब्यान्ड ’इम्याजिन ड्र्यागन’ को प्रस्तुती रहने छ । ब्यान्डका प्रमुख गायक डेन रेनोल्ड्सले एक भिडियोमा आफू आईपीएल २०२४ को समापन समारोहमा उपस्थित हुने बताएका छन् ।

’इम्याजिन ड्र्यागन’ ले यसअघि सन् २०२३ मा भारतको भ्रमण गरेको थियो । जहाँ उनीहरूले मुम्बईको एक संगीत समारोहमा प्रस्तुति दिएका थिए । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्