सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ: पत्रकार हिमेशद्वारा नेपाली फुटबलको इतिहास र यात्रा समेटिएको पुस्तक ‘स्वर्णकथा : नेपाली फुटबलको’ सार्वजनिक गरिएको छ।
आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा पुस्तकको औपचारिक लोकार्पण गरिएको हो।
कार्यक्रममा राष्ट्रिय टोलीका पूर्व कप्तान राजु काजी शाक्यले पुस्तक विमोचन गरेका थिए। लोकार्पण समारोहमा एन्फाका महासचिव किरण राई, प्रवक्ता सुरेश शाह, वरिष्ठ पत्रकार युवराज घिमिरे, खेलाडी सन्तोषी श्रेष्ठलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
उक्त पुस्तक बुकहिल पब्लिकेशनमार्फत प्रकाशित भएको हो।