yt yt

राष्ट्रपतिसंग सदस्य सचिव घिसिङको भेटघाट

शुक्रबार, जेठ १६, २०८२

काठमाडौँ :राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा सदस्य सचिव घिसिङले राष्ट्रपति पौडेललाई नेपाली खेलकुदको वर्तमान अवस्था, राष्ट्रिय खेलकुद परिषद्ले हालसम्म गरेका कार्यहरू तथा भावी योजनाहरूको बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा सदस्य सचिव घिसिङले आगामी १५औँ संस्करणको केन्द्र स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उद्घाटनका लागि मुख्य अतिथिका रूपमा सहभागिता जनाउन राष्ट्रपतिलाई निमन्त्रणा गरे । 
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता यही जेठ २८ गतेदेखि ३० गतेसम्म काठमाण्डौमा आयोजना हुँदैछ ।  देशभरका विद्यालयस्तरका खेलाडीहरू सहभागी हुने यस प्रतियोगितालाई खेल प्रतिभा पहिचानको मुख्य माध्यमको रुपमा हेरिएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रम परम्परागत रूपमा राष्ट्रपति स्वयंले गर्ने परम्परा छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्