yt yt

वडा नं. ७ ले जित्यो काठमाडौं वडाब्यापी चेस उपाधि

बिहीबार, जेठ १५, २०८२

काठमाडौं :काठमाडौं महानगरपालिका वडा नं. २२ द्वारा आयोजित सहिद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी र्यापिड रेटिङ चेस प्रतियोगितामा वडा नं. ७ विजेता बन्न सफल भएको छ।

संकटा मन्दिर प्राङ्गणमा सम्पन्न दुईदिने प्रतियोगितामा वडा नं. ७ ले ६ जित र १ बराबरीको नतिजासहित कुल १३ म्याच प्वाइन्ट जोड्दै उपाधि हात पारेको हो। विजेता टिमले नगद रु. ५०,०००, आकर्षक ट्रफी तथा मेडल प्राप्त गरेका छन्।

विजेता टिमको प्रदर्शन

पहिलो बोर्डमा सिएम पुरुषोत्तम चौलागाईंले बद्रीलाल नेपालीसँग बराबरी खेल्दै अन्य ६ खेलाडीमाथि विजय हात पारे।
दोश्रो बोर्डमा सिएम भगवती प्रसाद शर्माले महेश्वरलाल डंगोलसँग बराबरी खेलेर बाँकी ६ खेल जिते।
तेस्रो बोर्डमा यू–१६ खेलाडी सजल न्यौपानेले ३ जित र १ बराबरीको नतिजा ल्याउँदै टिमलाई महत्त्वपूर्ण योगदान दिए।

अन्य विजेता टिमहरू

वडा नं. २७ ले ४ जित र ३ बराबरीको प्रदर्शन गर्दै ११ म्याच प्वाइन्ट सहित दोस्रो स्थान प्राप्त गर्‍यो। उनीहरूले रु. ३५,००० पुरस्कार प्राप्त गरे।
– पहिलो बोर्डमा राजेन्द्र बज्राचार्यले ३ जित र २ बराबरी
– दोश्रो बोर्डमा महेश्वरलाल डंगोलले ५ जित र १ बराबरी
– तेस्रो बोर्डमा महिला खेलाडी बिनिता कपालीले ५ जित हात पारिन्।

वडा नं. २ ले १० म्याच प्वाइन्ट र १३.५ टाइब्रेकर अंक सहित तेस्रो स्थान प्राप्त गर्दै रु. २५,००० नगद जित्यो।
– पहिलो बोर्डका सिएम पुरुषोत्तम सिलवाल अपराजित रहँदै ७ स्कोर
– दोश्रो बोर्डका पवन क्षेत्रीले ४.५ स्कोर
– तेस्रो बोर्डका रिदम रिमालले २ स्कोर जोडे।

वडा नं. १४ ले १० म्याच प्वाइन्ट र १२.५ टाइब्रेकर अंकसहित चौथो स्थान प्राप्त गर्दै रु. २०,००० नगद हात पारे।
– पहिलो बोर्डका राजेन्द्र महर्जनले ५ जित
– दोश्रो बोर्डका अर्जुन महर्जनले ४.५
– तेस्रो बोर्डका आयान जोशीले ३ स्कोर गरे।

व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन

– पहिलो बोर्ड: सिएम पुरुषोत्तम सिलवाल (वडा नं. २)
– दोश्रो बोर्ड: सिएम भगवती प्रसाद शर्मा (वडा नं. ७)
– तेस्रो बोर्ड: अभिनव पाण्डे (वडा नं. ३)
यी तीनै जनाले जनही रु. १०,००० नगद पुरस्कार प्राप्त गरे।

पुरस्कार वितरण समारोह

पुरस्कार वितरण कार्यक्रम चन्द्रमान तुलाधरको सभापतित्वमा सम्पन्न भयो।
संकटा क्लबका अध्यक्ष तथा एन्फाका प्रमुख कार्यकारी निर्देशक इन्द्रमान तुलाधरले प्रमुख अतिथिका रूपमा विजेतालाई पुरस्कार वितरण गरे।

कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, जनप्रतिनिधि अनिल हाडा, ललिता खड्गी, गीता परियार, महासंघका प्रवक्ता राजु ताम्राकार, सदस्यहरू सुशील चौधरी, रमिला पोखरेल, प्रमुख निर्णायक सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा २९ वडाका टिमहरूले सहभागिता जनाएका थिए।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्