dosa dosa

खेलाडी दुर्घटना विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

सोमबार, जेठ १२, २०८२

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा खेलाडी दुर्घटनाविरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको समन्वयमा आयोजित उक्त कार्यक्रममा खेलका क्रममा हुन सक्ने दुर्घटनाबाट तत्काल कसरी उद्धार गर्ने भन्ने विषयमा सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा **राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सञ्चालन गरिरहेको मिशन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षणमा रहेका उसु, जुडो र कबड्डी खेलका ४० जना खेलाडी र ६ जना प्रशिक्षक सहभागी थिए।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेत, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, प्रतिष्ठानका सह निर्देशक डा. मिनचन्द्र अधिकारी, रजिष्ट्रार डा. ज्ञानेन्द्रविक्रम शाह, तथा खेलकुद मन्त्रालयका सह–सचिव रामचरित्र मेहता लगायतको उपस्थिति रहेको थियो।

सहभागीहरूलाई प्रशिक्षण दिने सहजकर्ताहरूमा प्रा.डा. रविराम श्रेष्ठ, सह प्रा.डा. ऋषि विष्ट, डा. लुना शर्मा खनाल, सह प्रा.डा. ऋतु प्रधान, डा. निर्माणप्रसाद ज्ञवाली र सह प्रा.डा. अभय पोखरेल रहेका थिए।

कार्यक्रममार्फत खेलाडीको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक आपत्कालीन उद्धार ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्