सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :खेलकुदको क्रममा कुनैपनि खेलाडीलाई चोट लाग्ने समाचारहरु हामीले दैनिक जसो सुन्ने गरेका छौँ ।
जसले खेलाडीको खेल जीवनमा समेत ठूलै प्रभाव पार्ने गरेको छ । खेलाडीहरूले सामना गर्ने सामान्यदेखि जटिल चोट, रिकभरी प्रोसेस, मानसिक मजबुती, र खेलमा फर्कनका लागि आवश्यक सुझावहरूलाई समेटेर हामीले डा. राजीव राज मानन्धरसंग कुराकानी गरेका छौँ ।
डाक्टर मानन्धर अनुभवी अर्थोपेडिक सर्जन तथा खेलकुद चोट विशेषज्ञ पनि हुन् । उनले राष्ट्रिय खेलाडीहरुको पनि उपचार गरेको अनुभव पनि छ । काठमाण्डौ मेडिकल कलेजमा २० बर्ष देखि सक्रिय रहेका उनी अन्य प्राईभेट हस्पीटलहरुमा पनि आवद्द छन् । स्पोर्टस् हबसँग हामीले स्पोर्टस् इन्जुरीका विषयमा रहेर डा. राजीव राज मानन्धरसंग विशेष कुराकानी गरेका छौँ ।
हेर्नुहोस भिडियो कुराकानी :