yt yt

ललितपुर जिल्ला बुद्धिचाल संघमा बिक्रम श्रेष्ठ निर्वाचित

सोमबार, जेठ ५, २०८२

ललितपुर: ललितपुर जिल्ला बुद्धिचाल संघको अध्यक्षमा बिक्रम श्रेष्ठ निर्वाचित भएका छन्।

नेपाल बुद्धिचाल महासंघको परिपत्रअनुसार सोमबार सम्पन्न अधिवेशनमार्फत श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
ललितपुर जिल्ला खेलकुद विकास समितिको सभाहलमा सम्पन्न अधिवेशनले दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्ष श्रेष्ठसँगै उपाध्यक्षमा सजिन महर्जन, सचिवमा हरिकृष्ण श्रेष्ठ, र कोषाध्यक्षमा रञ्जन घोषाल सर्वसम्मत निर्वाचित भएका छन्।

त्यसैगरी, महिला सदस्यमा मनु सिं दानी तथा सदस्यहरूमा समीर रञ्जितकार, कृजन महर्जन, प्रसन्न महर्जन र रोजिल श्रेष्ठ चयन भएका छन्। निर्वाचन संयोजक निशा महर्जनले सबै नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र प्रदान गरेकी थिइन्।

कार्यक्रम नेपाल बुद्धिचाल महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकारको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। केन्द्रीय प्रतिनिधि राजु ताम्राकार, सदस्यहरू सुशील चौधरी, रमिला पोखरेल लगायतले नवनिर्वाचित टोलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

महासंघले ५५ जिल्लाका संघहरूलाई जेठ ७ भित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ। सोही अनुसार आज काठमाडौं जिल्ला बुद्धिचाल संघले पनि केशव श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ।

भोलि नुवाकोट, भक्तपुरलगायतका जिल्लामा अधिवेशन हुने तय भएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १८:४५
प्रतिक्रिया दिनुहोस्