सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
विर्तामोड :उभौली पर्वको अवसरमा सम्पन्न प्रथम राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि सिएम (क्यान्डिडेट मास्टर) पुरुषोत्तम चौलागाईंले जितेका छन्।
पूर्व नेपाल च्याम्पियन चौलागाईंले आठ मध्ये सात खेलमा विजय हात पार्दै ८ अंक र प्रोग्रेसिभ प्वाइन्टको आधारमा उपाधि उचालेका हुन्। उनले फाइनल खेलमा खोटाङका धिरेन राईलाई पराजित गर्दै आकर्षक ट्रफीसँगै नगद रु. ५१,००० प्राप्त गरे।
फिडे मास्टर रुपेश जैशवालले पनि समान ८ अंक जोड्न सफल भए तापनि प्रोग्रेसिभ अंकमा पछि पर्दै दोस्रो स्थानमा रहे। उनले अन्तिम खेलमा सुनसरीका राजेन्द्र राईलाई कठिन खेलमा पराजित गर्दै रु. ३५,००० नगद जिते।
तेस्रो स्थानमा रहेका सिएम नवीन तण्डुकारले ललितपुरका सरोज महर्जनलाई हराउँदै नगद रु. ३०,००० प्राप्त गरे। धिरेन राई चौथो स्थानमा रहेर रु. २५,०००, आयोजक बिर्तामोड चेस क्लबका ज्वाला इम्बुङ पाँचौं स्थानमा रहेर रु. २०,०००, ललितपुरका राजन पुरी छैठौं स्थानमा परेर रु. १५,००० र पूर्व नेपाल च्याम्पियन राजन सुबेदी सातौं स्थानमा रहँदा रु. १४,००० प्राप्त गरे।
त्यस्तै, आठौं देखि दशौं स्थानसम्म रहेका सुनसरीका राजेन्द्र राई, मुहान नर्सिङ श्रेष्ठ र मोरङका निलम बस्नेतले क्रमशः रु. १३,०००, रु. १२,००० र रु. ११,००० पुरस्कार हात पारे।
अन्य नगद पुरस्कार विजेता खेलाडीहरूमा सुजन काफ्ले (रु. १०,०००), चुडामणी कुलुङ राई (रु. ८,०००), किरण लिम्बू (रु. ७,०००), अबिरल राई र सुरज रोय (प्रत्येक रु. ६,०००) रहेका छन्।
विधागत उत्कृष्ट खेलाडीहरू:
नवप्रवेशी: जीवन राई
सिनियर: वसन्त लामा
महिला: कृतिसारा अधिकारी
जिल्ला (झापा): राज लिम्बू
रेटिङ १६००: डा. सन्तोष प्रसाद साह
रेटिङ १८००: विनय थापा
युवा (१४ वर्षमुनि): कृष्णप्रसाद भारती
युवा (१८ वर्षमुनि): सम्यक श्रेष्ठ
स्थानीय: विष्णुप्रसाद पाठक, राज श्रेष्ठ, क्षितिज लिम्बू
महिला (स्थानीय): विनिता राई
स्कुल: आदर्श रिजाल, निश्चल पाठक, सुलभ ओझा
प्रदेश: विश्वविजय घिमिरे
अनुशासित: हरिकुमार गुरुङ
फरक क्षमता: लक्ष्मीप्रसाद कन्दङ्वा
कुल ३३ जना खेलाडीहरूले नगद पुरस्कारसहित उत्कृष्टको सूचीमा स्थान बनाए। प्रतियोगिताबाट कुल नगद रु. ३,३५,५०० वितरण गरिएको थियो।
समापन तथा पुरस्कार वितरण समारोहमा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईं, हेराकाजी महर्जन, किरात याक्थुङ चुम्लुङकी भिममाया नेम्वाङ, जिल्ला सचिव हिमालय कन्दङ्वा, र नगर अध्यक्ष लगायतले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए।