सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगितामा शानदार प्रदर्शन गरेका नेपाली युवा खेलाडीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिँदै नगद पुरस्कारसहित सम्मान गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले पदक विजेता र सहभागी खेलाडीहरूलाई उच्च मनोबलका साथ मेहनत गर्न प्रेरणा दिए । उनले केही समय खेलाडीहरूसँग टेबल टेनिस समेत खेल्दै अभिप्रेरित गरे ।
१२ पदकसहित नेपाल टप प्रदर्शनमा अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा गत अप्रिल २४ देखि २७ सम्म काठमाडौंमा सम्पन्न प्रतियोगितामा नेपालले कुल १२ पदक जित्न सफल भएको हो। यसमध्ये १ स्वर्ण, ६ रजत र ५ कास्य पदक छन्।
विशेषतः यु–१९ ब्वाइज टिम इभेन्टमा प्रवेश बस्नेत, गनञ्जय दहाल, हिमाल विष्ट र रुविन महर्जन सम्मिलित टोलीले स्वर्ण पदक जितेर सबैको ध्यान आकर्षित गरेको थियो।
प्रधानमन्त्रीको प्रोत्साहन र संघको आशा प्रधानमन्त्री ओलीले युवा खेलाडीहरूलाई टेबल टेनिस खेल्न प्रोत्साहित गर्नुका साथै व्यक्तिगत तर्फबाट उत्कृष्ट र सहभागी खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरेका थिए ।
संघका उपाध्यक्ष पूर्णशंकर श्रेष्ठले प्रधानमन्त्रीस्तरबाट टेबल टेनिसजस्तो खेलमा देखिएको चासोलाई ऐतिहासिक मान्दै यसले खेलको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गरे । अभिभावकको बोझ हटाउन आग्रह संघका सचिव तथा प्रतियोगिता टोली व्यवस्थापक राजेन्द्रबहादुर दुलालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुपर्ने खर्च अभिभावकले व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारबाट सहयोग आवश्यक रहेको बताए।