सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे र्यापिड रेटिङ चेस प्रतियोगिता आजबाट ललितपुरमा सुरु हुँदैछ ।
’अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरमा प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे र्यापिड रेटिङ चेस प्रतियोगिता हुन लागेको चेस प्रतिस्पर्धाका प्रमुख निर्णायक एफए सोराज ताम्राकारले जानकारी दिए । नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा हुन लागेको यसप्रतियोगितामा नेपाल र भारतका गरी १२० भन्दा बढी प्रतिस्पर्धी खेलाडीहरुको सहभागिता रहनेछ ।
प्रतियोगिताका विजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । साथसाथै विजेताले एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बीमा सुविधा पनि प्राप्त गर्नेछन् । दोस्रो स्थान हासिल गर्ने खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार र ७ लाख रुपैयाँ बराबरको आवधिक बीमा प्राप्त गर्ने छन्।
तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद र ५ लाख रुपैयाँको एक वर्ष अवधिको बीमा पाउनेछन् ।
प्रतियोगितामा उत्कृष्ट १०औं स्थान सम्मका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । विधागत तर्फ उत्कृष्ट तिन जना महिला खेलाडीले समेत नगर पुरस्कार प्राप्त गर्ने छन् । जसमा पहिलो हुनेले ७ हजार, दोस्रोले ६ हजार र तेस्रो हुने महिलाले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट भेट्रान (वरिष्ठ खेलाडी), उत्कृष्ट नव प्रवेशी अनरेटेड, उत्कृष्ट युवा–१६ (१६ वर्षमुनी), युवा–१८ (१८ वर्षमुनी) खेलाडीहरू, उत्कृष्ट सहकारी खेलाडी, उत्कृष्ट विमा खेलाडी लगायतलाई नगद पुरस्कार प्रदान गरिनेछ । चेस प्रतिस्पर्धाका प्रमुख निर्णायक एफए सोराज ताम्राकारका अनुसार नौ चरणको स्पर्धा १५ मिनेट १० सेकेण्ड इन्क्रिजमेण्ट समय रहनेछ । प्रतियोगिता बैशाख २६ गते सकिनेछ ।
यस अघि प्रतियोगिताको पहिलो संस्करण काठमाडौंका युवा खेलाडी सुदीप तामाङले उपाधि जितेका थिए ।